घरHeadlineमध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया शुरु

मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया शुरु

असार १९, कावासोती
गत असार ११ गते मध्यविन्दु जिल्ला अस्पतालले पहिलो सल्यक्रिया गरेको थियो । एपेण्डिसाईटिसको पहिलो सल्यक्रिया गरेको मध्यविन्दु जिल्ला अस्पतालले दोस्रो सल्यक्रिया भने प्रसुति सम्वन्धि पहिलो शल्यक्रियामा समेत सफलता हासिल गरेको छ ।
कावासोती नगरपालिका वडा नं. १२ की २६ बर्षीया महिलाको सुरक्षित तरीकाले सफल शल्यक्रिया भएको अस्पतालका मेडिकल सुपरीटेण्ड (मे.सु.) डाक्टर बीरबहादुर थापाले बताए ।
“मध्यबिन्दु जिल्ला अस्पतालले अहिलेसम्म शल्यक्रियामार्फत प्रसुति गराएको थिएन । खास चितवनका अस्पतालहरुमा पुगेर अप्रेशन गर्नुपर्ने प्रकृतिका सेवा लिने सेवाग्राही गैंडाकोटको डाईभर्सनका कारण सडक अवरुद्ध भएकाले जिल्ला अस्पताल आउनुभयो । रेफर गर्नुपर्ने केश थियो । बाटोका कारण पुर्याउन कठिन थियो । हामीले उपलब्ध स्रोत–साधन र जनशक्तिको उपयोग गर्दै सफल शल्यक्रिया गर्यौं”– मेसु डा. थापाले बताए ।
डा. थापाका अनुसार अस्पतालमा ल्याईपुर्याउँदा ति महिलाको अवस्था गम्भीर थियो । ति महिलामा पे्रसर बढ्ने, बेहोस हुने, शरीर काप्ने लगायतका लक्षण सहित स्वास्थ्य अवस्था जटिल हुदै गएको थियो । यद्यपि, अहिले आमा–बच्चा दुबैको अवस्था सामान्य छ ।
एमडीजिपी डा. कमलराज न्यौपाने सहित उनको टीमले पहिलोपटक सफलतापुर्वक प्रसुति सम्वन्धि शल्यक्रिया गरेको हो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया