घरHeadlineपुर्ण रुपमा संचालनमा आउन सकेन नवलपुरको पुर्व पश्चिम राजमार्ग

पुर्ण रुपमा संचालनमा आउन सकेन नवलपुरको पुर्व पश्चिम राजमार्ग

असार १९, कावासोती
३ दिन देखि परेको अविरल बर्षाका कारण आएको भेल–बाढीले भत्किएको डाईभर्सन अझ सम्म संचालनमा आउन सकेको छैन ।
४८ धण्टा पहिले पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत गैंडाकोटको थुम्सी जंगलस्थित डाईभर्सन बाढीले बगाउँदा बिहीवार बिहान देखि सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । अवरुद्ध बनेको सडकमा शुक्रबार दिउसो साना सवारी साधन आवत जावत गरे पनी ठुला सवारी साधन भने चल्न सकेनेन ।
बिहिबार बिहान सम्म दुईतर्फी नै आवत जावत बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अहिले विहान देखी भने आशिक रुपमा संचालनमा आएको प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
प्रहरी कार्यालयका सूचना अधिकारीका अनुसार हलुका बाहेकका अन्य ठूला बस–ट्रक भने रोकिएको छ । मर्मतको काम भईरहेको जनाईएको छ । नवलपुर खण्डमा पूर्वपश्चिम मुख्यमार्ग अन्यत्र कहीकतै अवरुद्ध नरहेको नवलपुर प्रहरीले जनाईएको छ । डाइभर्षन निर्माण र मर्मत गर्दै केही सवारी साधनलाई भने पार गराईदै गरेको प्रहरीले जनाएको छ ।
३ दिन देखी सवारी साधन आवत जावत हुन नसक्दा मालबाहाक सवारी साधन सडकमै अलपत्र परेका छन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया