घरHeadlineकावासोतीमा २०१ घरका खरको छानो विस्थापित

कावासोतीमा २०१ घरका खरको छानो विस्थापित

असार १९,शनिबार
कावासोती नगरपालिकामा २०१ घरका खरको छानो विस्थापित गरिने भएको छ ।नगरपालिकाको सबै १७ वटा वडामा गरेर २०१ घरको खरको छानो विस्थापित गरिने कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले जानकारी दिनुभयो । लक्षित वर्गमा परेका लाभाग्राहिसंग अहिले सम्झौता गर्ने काम भईरहेको उहाँले बताउनुभयो । वडाले समन्वय गरेर सम्झौता गर्ने काम भईरहेको उहाँले बताउनुभयो । यहि असार मसान्तसम्म सम्झौता गरेर आउँदो आर्थिक वर्षबाट छानो छाउने काम सुरु गरिने छ ।
सुरक्षित नागरिक आवास निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत कावासोतीमा यो अभियान सञ्चालन भएको हो ।
खरका छानामा छिटो आगलागी हुने, पानी चुहिने लगायतका समस्या हुने भएकाले लक्षित वर्गका नागरिकको जीवनको सुरक्षाका लागि कावासोतीमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । खरको छानो विस्थापित गरेर टिनको छानो छाउनका लागि प्रति घर ५० हजार रुपिँयाका दरले प्रदान गरिने घर्तीले जानकारी दिनुभयो ।
सरकारले सुरु गरेको यो अभियान अन्तरगत कावासोती नगरपालिकालाई तत्कालका लागि ३५ लाख रुपिँया बिनियोजन गरिएको घर्तीले बताउनुभयो । कार्यक्रम पुरा गर्नका लागि एक करोड ५० हजार रुपिँया लाग्ने जनाईएको छ । दुई किस्ता गरेर लाभग्राहिलाई रकम प्रदान गरिने छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया