असार १८, कावासोती
कावासोती नगरपालिकाले नवौँ नगर सभाले कावासोती नगरपालिकामा कार्यारत स्थायी कर्मचारीहरुको समायोजन तथा व्यावस्थापन गर्ने सम्वन्धमा व्यावस्था गर्न बनेको ऐन–२०७८ लाई समेत पास गरेको छ ।
नगरपालिका स्थापनाको समयमा नगरपालिकाको स्वीकृत दरवन्दीमा सेवा प्रवेश गरी हाल सम्म कार्यारत रहेका र समायोजन हुदाँ कावासोती नगरपालिकामा कार्यरत रही सेवामा रहने कर्मचारीहरुको लागी कर्मचारी समायोजन तथा व्यावस्था सम्वन्धी बनेको ऐन निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश धर्तीले जानकारी दिनु भयो । तर यो ऐन निर्माण हुदाँको बखत कम्तीमा ४ (चार) बर्ष स्थायी रुपमा कार्यरत हुनुपर्ने एनमा व्यावस्था गरीएको छ ।
हाल सम्म वीकृत दरवन्दीमा सेवा प्रवेश गरी हाल सम्म कार्यारत रहेका र समायोजन हुदाँ कावासोती नगरपालिकामा कार्यरत स्थायी कर्मचारीको सख्या १२ रहेको छ ।
यस ऐन पास सगै स्वकृत दरवन्दीमा सेवा प्रवेश गरी हाल सम्म कार्यारत रहेका र समायोजन हुदाँ कावासोती नगरपालिकामा कार्यरत कर्मचारीहरुको स्वत एक तह बढुवा हुने भएको छ ।
यो ऐन लागु भए सगै हाल कार्यरत कर्मचारीको सेवा सुविधाका लागी कावासोती नगरपालिकाले बार्षिक तलब भत्तामा रु करीब चार लाख थप गर्नुपर्ने भएको छ ।