असार १८, कावासोती
कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट बिहिबार प्रस्तुत गरेको छ । नगर उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले नवौं नगरसभामा ९६ करोड ३४ लाख ३८ हजार बरावरको बजेट प्रस्तुत गर्नु भएको हो ।
कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १६ करोड ४९ लाख ९८ हजार,पूँजीगत तथा कार्यक्रम खर्र्च २९ करोड ५५ लाख ४० हजार, संघीय सरकार तथा शसर्त अनुदानतर्फ ४१ करोड ६४ लाख, मर्मत संभा कोष १ करोड ६५ लाख, समपुरक कोष ६ करोड र समपुरक अनुदान प्रदेश सरकार तर्फको १ करोड गरी ९६ करोड ३४ लाख ३८ हजार बरावरको खर्च शिर्षक छनोट गरेको छ ।
आ. व. ०७८÷०७९को बजेटमा प्रचलित कानुन बमोजीम अन्य निकायमा दर्ता भई विगत बर्षदेखी संचालीत तर नगरपालिकामा दर्ता नभएका फर्म तथा व्यावसायहरु चलु आर्थिक बर्षको अशोज मसान्त सम्म दर्ता भएमा ५० प्रतिशत छुटको व्यावस्था गरीएको छ । उद्योगी व्यापारीहरुले व्यावसाय नविकरणमा ५० प्रतिशत छुटको व्यावस्था गरीएको छ भने क्रियासिल पत्रकारहरुको परीवारको स्वास्थ्य बिमा तथा पत्रकारको क्षमता अभिबृद्धिका लागी समेत बजेट छुट्याईएको छ ।
बिहिबार नवौँ नगर सभा मार्फत कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले नगर सभा मार्फत सार्वजनिक गरिएको बजेटमा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजारका दरले सहयोग दिने कार्यक्रम समेटिएको छ । त्यस्तै बजेटमा नगरभित्रका सामुदायीक विद्यालयमा अग्रेजी माध्यमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी निशुल्क पाठयपुस्तको व्यवस्था, संघिय सरकाकरले प्रदान गर्ने तलबमासमेत थप गरि नगरभित्रका सामुदायीक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताको तलब बृद्धि गरिएको छ ।
त्यसै गरि बजेटमा नगरभित्रका मानव वन्यजन्तु द्वन्द न्यूनीकरण कार्यक्रमको निरन्तरता दिएको छ भने एक वाड एक खेल मैदान , प्याराग्लाईडिङ सन्चालनका लागी पूर्वाधार सुधार, नारायणी सभ्यता बचाउ अभियान, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाई जस्ता नयाँ कार्यक्रमहरु थप गरेको छ ।