घरHeadlineपहिरोमा परी दुईको ज्यान गयो, पृथ्बी राजमार्ग अवरुद्ध

पहिरोमा परी दुईको ज्यान गयो, पृथ्बी राजमार्ग अवरुद्ध

असार १७, नवलपुर
तिन दिन देखी आएको अविर बर्षका कारण पहिरो जादा तनहुको बन्दीपुर ३ तामुङमा २ जनाको ज्यान गएको छ भने माथिबाट झरेको पहिरोले पाँच घर पुरीएको छ । ज्यान गुमानेमा माथीबाट आएको पहिरोले घर पुरीएका परीवार नै रहेको प्रहरीले जनाएको छ ।
पहिरोले पुरीएर ज्यान गुमाउनेमा अन्दाजी ७० वर्षिया हरिमाया बसेल र अन्दाजी ३० वर्षिया सरस्वती थापा रहेको प्रहरी कार्यालय दमौलीले जनाएको छ । गए राती खसेको पहिरोमा परी बेपत भएका व्याक्तिहरुको आज विहान खोजी भएको थियो । बेपत परेका मध्य २ जनाको शव आज विहान फेला परेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
पहिरोका कारण केही घरहरुमा पुर्ण रुपमा क्षेती हुदा केही घरपरिवार बिस्थापित भएका छन । पहिरोले पुरीएको स्थानमा अहिले उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध
अविरल बर्षको करण पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । तनहुको छिर्कनेमा पहिरो खसे पछि आवतजावत बन्द छ । बन्द राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया