असार १६,बुधबार २०७८
नवलपुर प्रहरीले दुम्किबासको ज्यामिरेवाट अवैध भित्रिएका मालसामान बरामद गरेको छ । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ खण्डमा पर्ने ज्यामिरे बजारमा प्रहरीले गरेको चेकजाँचका क्रममा आज मंगलवार बिहान लत्ता कपडाजन्य मालसामान बरामद गरेको प्रहरीले जनाएको छ ।
लु २ ख ६३७ नम्वरको ट्रकबाट भन्सार छली भित्रिएको प्रकृतिको अवैध लत्ताकपडा कुनै पनि बिल भरपाई विनाको बेवारिसे अवस्थामा रहेकाले बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले वरामद गरेका कपडामा रेडिमेडदेखी थान कपडा र बच्चा देखी लेडिज जेन्स दुवैका सुट, लुङगीजस्ता कपडा छन् ।
सामानको जिन्सी मुल्यांकन नभईसकेकाले मूल्य बिगो निर्कौल नभएको तर परिमाण उल्लेख गरेको छ । बरामद भएको सामान थप अनुसान्धानका लागि दुम्किवास प्रहरी कार्यालयमा राखिएको छ ।