असार १२, कावासोती
विनयी त्रिबेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड ७ लाख ८८ हजार १ सय २८रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।
चालु तर्फ ६१.३ प्रतिशत अर्थात ४१ करोड ११ लाख ९३ हजार १ सय २२ रुपैया र पुजीगत तर्फ ३८.६ प्रतिशत अर्थात २५ करोड ९५ लाख ९५ हजार ६ रुपैया गरी जम्मा ६७ करोड ७ लाख ८८ हजार १ सय २८रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाँउपालिकाले नयाँ कार्यक्रम भने ल्याउन सकेन । पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । विनयी त्रिबबेणी गाउँपालिकाको आ.व ७८/०७९को बजेट बिशेष गरी आगामी निर्वाचनमुखी बनाएको छ ।
विनयी त्रिबेणी गाउँपालिकाको नर सभाले एक वडालाई २ देखी साढे ३ करोड ५० लाख सम्मको बजेट विनियोजन गरेको छ । नदीजन्य पदार्थको बिक्रीलाई गाँउपालिकाले मुख्य आय श्रोत मानेको छ । गाँउपालिकाको वडा नं. ३ मा रहेको राकाचुली भ्यु टावरलाई यस वर्ष रु २५ लाख रुपैया विनियोजन गरेको छ ।
गाँउ पालिकाले खानेपानी, सडकको कालोपत्रे एवम् सडक स्तर उन्नती, गुम्वा, मठ मन्दिर, शोलर बत्तिलाई बजेड विनियोजन गरीएको छ । प्रविधिक ल्याव कक्ष निर्माणका लागी समेत गाँउ सभाले बजेट विनियोजन गरेको छ । ल्याव निर्माणका लागि रु १० लाख रुपैया बजेट विनियोजन गरेको छ ।