घरHeadlineमर्स्याङ्दीले धार परिवर्तन गर्दा चामेको बस्ती जोखिममा

मर्स्याङ्दीले धार परिवर्तन गर्दा चामेको बस्ती जोखिममा


मनाङ, १२ असार ।
मस्र्याङ्दी नदीले आफ्नो धार परिवर्तन गर्दा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् ।
चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि त्यहाँका बस्तीसहित विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायत दर्जनौं भवन जोखिममा परेका छन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेवल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताउनुभयो ।
नदीमा आएको बाढीले मोटरेवल पुललाई डुवाएर धार परिवर्तन गरेको उहाँको भनाइ छ ।मोटरेवल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । साथैै जमिन कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् ।
नदीमा पानीको बहाव कम नहुँदा मोटरेवल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो पुलको उचाई कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया