घरHeadlineपटका पड्काउँदै छोरीको विवाह गर्ने बाबु सहित ५ जना पक्राउ

पटका पड्काउँदै छोरीको विवाह गर्ने बाबु सहित ५ जना पक्राउ

परासी
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निषेधाज्ञाको समयमा धुमधामसँग वैवाहिक कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

रामग्राम–५ महेशपुर चोक नजिक शिवशंखर उपाध्यायको छोरीको विहेमा पटका पड्काउने र होहल्ला सहित विहेको कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले उपाध्यायसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी राजु लामाले जानकारी दिए ।

पटक–पटक सम्झाउँदा समेत नमाने पछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरी पटका पड्काएर कोरोना महामारीका कारण निषेधाज्ञाको समयमा गरिएको यस्तो कार्य प्रहरी प्रशासनलाई नै चुनौती दिएकाले डिएसपी लामाले अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको बताए।

प्रहरीका अनुसार विहेमा झण्डै डेढ सय जना थिए । उपाध्याय छोरीको बाबु भएको र विहेको कार्यक्रम सम्पन्न गर्नका लागि विहिबार नै छाडिएको तर बाँकि चार जनालाई भने नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमायातायात कार्यालय खुल्ने
अर्को लेखमाआजको मौषम
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया