घरHeadlineयातायात कार्यालय खुल्ने

यातायात कार्यालय खुल्ने

असार १२, कावासोती


कोरना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै बन्द भएको नवलपुर जिल्लाको यातयात कार्यालय स्वास्थ्य शुरक्षाको मापदण्ड अपनाउदै आंशिक सेवा प्रदान गर्ने गरी रुपमा खखुल्ने भएको छ । नवलपुरमा विपत व्यावस्थापन समितिको असार १० गतेको निर्णय अनुसार जिल्लामा यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाइए पनि यातायात व्यवस्था कार्यालय भने असार १३ गते (आइतबार) देखि सूचारु हुने भएको छ ।

जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि यातायात व्यवस्था कार्यालय नवलपुरले शुक्रबार सार्वजनिक सूचना जारी गरी सेवा सञ्चालन गर्ने जनाएको हो ।

आइतबारदेखि सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाणपत्र नवीकरण, सवारी जाँचपास, पटके र रुट इजाजत, सवारी दर्ता तथा सवारी लाइसेन्स परीक्षा उत्तीर्ण भएकाहरुको दस्तुर बुझ्ने काम गरिने यातायात व्यवस्था कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख ज्ञानप्रसाद भुसालले बताए ।

सवारी लाइसेन्स परीक्षा उत्तीर्ण भएकाको दस्तुर बुझ्ने काम गरिए पनि लाइसेन्स सम्बन्धी अन्य सेवाहरु भने नदिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजेदेखि सकिँदै थियो । शुक्रबार रातीदेखि नै लागू हुने गरी असार १८ गते राती १२ बजेसम्मका लागि यात्रुबाहक सवारी साधन, पठनपाठन, मेला, महोत्सव लगायत सञ्चालनमा रोक लगाइएको छ ।आर्थिक गतिविधि तथा व्यवसाय सञ्चालन गर्न पाइने गरी खुकुलो पार्दै निषेधाज्ञा लागू गरिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया