घरHeadlineलागु औषध सहित दुई युवक पक्राउ

लागु औषध सहित दुई युवक पक्राउ

असार ११, कावासोती
पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको विनयी त्रिवेणी गाँउपालिका वडा नं. २, दाउन्नेबाट लागु औषध सहित प्रहरीले बिहिबार साझ दुई युवक पक्राउ गरेको छ । प्रहरीले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु ४१ प ५२१४ नम्वरको स्कुटर चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट नाईट्रोभ्याट २३० ट्याब्लेट बरामद गरेको दुम्कीवास प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीले लागु औषध ओसर पोसारमा प्रयोग गरीएको स्कुटर समेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा स्कुटी चालक नवलपुर जिल्ला, मध्यबिन्दु नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को सुजन जैसी र रुपन्देही जिल्ला, बुटवल उप महानगरपालिका १३ बस्ने बर्ष १७ को विमल घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै युवकलाई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया