घरHeadlineनवलपुरका ब्यापारीको भोली एन्टीजेन परिक्षण हुने

नवलपुरका ब्यापारीको भोली एन्टीजेन परिक्षण हुने


१० असार, नवलपुर ।
उद्योग बाणिज्य संघमा आवद्ध नवलपुरका ब्यवसायीको कोरोना परिक्षण गरिने भएको छ । भोली शुक्रवार मध्यविन्दु जिल्ला अस्पताल परिसरमा एन्टीजेन परिक्षण गरिने भएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले बताए ।
डेढ महिनाभन्दा लामो निषेधाज्ञाका कारण ब्यापार–ब्यवसाय ठप्प हुँदा ब्यवसायीमा परेको मर्कालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गर्दै आर्थिक गतिविधिलाई चलायमान गराउन बैज्ञानिक ढंगले निषेधाज्ञाको प्रकृतिलाई परिमार्जन गर्न र कोरोना संक्रमणबाट जोगाउन कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग नगरपालिका र सिडीओ कार्यालय समक्ष ध्यानाकर्षण गराएपनि पहिला कोरोना परिक्षणलाई प्राथमिकतामा राखेकाले स्वास्थ्य कार्यालय नवलपुर र मध्यविन्दु जिल्ला अस्पतालको सहयोगमा उद्योग वाणिज्य संघ नवलपुरको समन्वयमा एन्टिजेन परिक्षण गर्न लागिएको अध्यक्ष पोख्रेलले बताए ।
डिसीसीएमसीको पछिल्लो बैठकमा करिव १ हजार जनाको कोराना परिक्षण गर्नुपर्ने विवरण प्रस्ताव गरेको पोख्रेलले बताए । “हामीले एक हजार जना जति ब्यापारी–ब्यवसायीको परिक्षण गर्नुपर्ने प्रक्षेपण गरेर प्रस्ताव राखेका छौं । परिक्षणका लागि कति आउनुहुन्छ कति आउनुहुन्न त्यसको अनुमान भने छैन । शुक्रवार बिहान ७ वजेदेखि जिल्ला अस्पतालमा परिक्षणको तयारी भएको छ ।”–उनले भने ।
नवलपुरमा शुक्रवार राती १२ बजेदेखि निषेधाज्ञा सकिदैछ । मंगलवारदेखि थपिएको ४ दिनको निषेधाज्ञामा लचकता अपनाएका कारण पसल–ब्यसाय खुल्न थालेका छन् । १२ गतेदेखि निषेधाज्ञाको स्वरुपमा अझ धेरै परिमार्जन गर्दै पसल ब्यवसायलाई सञ्चालनमा ल्याउने तयारी भएको पनि उनले खुलासा गरेका छन् । बैठकमा आर्थिक गतिविधिलाई सक्रिय बनाउने बिषयमा छलफल भएको छ ।
पसल परिसरमा गोलो घेरा लगाउनेदेखि हातधुने, स्यानिटाईजरको प्रवन्ध गर्ने र ब्यापारीले मास्क लगायतका स्वास्थ्य सतर्कता अपनाउनुपर्ने तथा ग्राहकले पनि ति मापदण्डहरु पालना गरि सेवा प्रवाह गर्ने गरि उद्योग बाणिज्य संघले पनि आग्रह गर्नेछ । सम्भवतः बैशाख १२ देखि नवलपुरमा ब्यपार–ब्यवसाय खुल्नेछन् पोख्रलले भने । 

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया