घरHeadlineकोरना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरना संक्रमणबाट थप एक जनाको मृत्यु

असार ९, कावासोती
कोरना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नवलपुर, कावासोती नगरपालिका वडा नं. १ बस्ने बर्ष ६२ का पुरुषको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको छ ।
निज पुरुष निमोनियाको बिरामी भई जेष्ठ २८ गते मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना भएका थिए । उनको जिल्ला अस्पताल भर्ना भएकै दिन पिसिआर परिक्षण गरीएको थियो । उनको सोही दिन पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या देखीए पछि असार ६ गते नयाँ मेडिकल कलेज भरतपुरको कोभिड आइसियुमा भर्ना भई उपचार गराईएको थियो । निजको असार ८ गते राती साढे १२ बजेको समयमा मृत्यु भएको जानकारी दिईएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया