असार ९, कावासोती
जिल्ला प्रहरी कार्यालय नवलपुरले लागु औषध सहित मंगलबार एक युवक पक्राउ गरेको छ । प्रहरीले काबासोति १६ गैडाचोक स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले पश्चिम बाट पूर्व तर्फ आउदै गरेको बाग्मति प्रदेश ०२-०१५ प ३५९५ नं. को मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध सहित गोरखा पृथ्विनारायण ८ बस्ने वर्ष ३० को दिनेश खत्रीलाई पक्राउ गरेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार चेक जाचको क्रममा नुफिन झोल सहितको २०० एम्पुल, डाईजापाम २०० एम्पुल र फेनरगन २ एम एलको झोल सहितको २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागुऔषध फेला पारेको जनाएको छ ।
प्रहरीले लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको समेत जानकारी दिएको छ ।