३ असार, नवलपुर ।
विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले सशस्त्र प्रहरी बल नवलपुरलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । समितिले बिहिबार सशस्त्र प्रहरी बल नवलपुरलाई पाँच थान ट्युव हस्तान्तरण गरेको हो ।
वर्षासंगै बाढी र डुबानका घटना हुन सक्ने भएकाले त्यस्तो समयमा उद्धारकालागि आवश्यक पर्ने सामाग्री प्रदान गरिएको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो । अध्यक्ष गिरीले उद्धार सामाग्री सशस्त्र प्रहरी बल नवलपुरका डिएसपी बीरभन्द्र नाथलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री ग्रहण गर्दै डिएसपी बीरभन्द्र नाथज्यूले चोरमार ,थुम्सी सहित सशस्त्र क्याम्पहरुमा यी उद्धार सामाग्री राखिने बताउनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सचिव आनन्द श्रेष्ठ, समितिका सदस्यहरु वेद प्रसाद न्यौपाने, भोजराज दाहाल, चन्द्र रानाभाट लगायतको उपस्थिती रहेको थियो ।
यस्तै, सहयोगी समितिलाई कुवेतवाट नगद सहयोग प्राप्त भएको छ ।
वैदेशिक रोजगारीमा रहनुभएका नवलपुरको डेढगाउँ निवासी छविराम सुनार मार्फत् पठाईएको नगद पाँच हजार रुपिँया रकम समितिका संयोजक शिव गिरीलाई प्राप्त भएको छ ।
विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले कोरोनाको दोश्रो लहरसंगै अक्सिजनको व्यवस्थापन, स्वास्थ्य सामाग्री प्रदान लगाएतका कामहरु गर्दै आएको छ ।