घरHeadlineनारायणी नदि तटिय क्षेत्रका आधा दर्जन होटल डुवानमा

नारायणी नदि तटिय क्षेत्रका आधा दर्जन होटल डुवानमा

कावासोती , असार २
नवलपुरको कावासोती १७ अमलटारी क्षेत्रका रिसोर्ट डुबानमा परेका छन् । अविरल परेको पानीका कारण नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको कावासोती नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष छविलाल महतोले जानकारी दिनु भयो ।
कावासोती १७ को अमलटारी क्षेत्र अन्र्तगत नारायणी नदि किनारमा रहेका नाना, रिर्टनिङ अमलटारी रिसोर्ट सहीतमा करीब आधा दर्जन होटल तथा रिसोर्टहरु डुवानमा परेको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो ।
मध्यरातमा रिसोर्टहरु डुवानमा परेपछि रातीनै रिसोर्टमा रहेका व्याक्तिहरु सुरक्षित स्थानमा आइ बसेको समेत उहाँले जानकारी दिनु भयो । अध्यक्ष महतोले पानीको बहाब बढी रहेकोले शुरक्षित रहन आग्रह समेत गर्नु भएको छ । अहिले रिसोर्ट क्षेत्रमा पानी बगी रहेकोले क्षतिको बिवरण भने एकिन गर्न नसकिएको बताउनु भयो ।
यस्तै नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार गैंडाकोटको बोटे टोलका केही स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ । मंगलबार रातिनै उनिहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया