कावासाेति , असार २
नवलपुरकाे मध्यबिन्दु न पा १३ मैनघाट खाम्चामा ८९ जनामा एन्टिजेन परिक्षण गर्दा मंगलबार ३७ जनामा पाेजेटिभ देखिएकाे छ ।
मध्यविन्दु १३ का वडा अध्यक्ष अर्जुन पंगेनिका अनुसार मैनाधाटकाे खाम्चा टाेल एरियामा हप्तौं दिन अगाडी बाट रुघाखोकी लाग्ने जोरो आउने, टाउको ,शरीर,आंठी-गांठी दुख्ने,खाना नरुच्ने,मुख तितो हुने ,कम्जोर बनाउने भए पछि मौसमि रुघाखोकी जोरो होला भनेर आ-आफ्नै तरिकाले मेडिकल जाने औषधि खाने गर्दा पनि खासै सन्चो नहुने बिरामीकाे सख्या बढदै जान थाले नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा विरामिहरुकाे स्वास्थ्य परिक्षण गर्दा एन्टिजन पाेजेटिभ देखिएकाे वडा अध्यक्ष पंगेनिले बताउनु भयाे ।
मध्यबिन्दु नगर पालिका स्वस्थ्य शाखा प्रमुख खेम बहादुर छेत्री ,कोभिड फोकल प्रसेन्ट माधब पोख्रेल सहित को स्वास्थ्यकर्मी सहितको टाेलिले एन्टिजन (antigen)विधि बाट ८९ जना चेक गर्दा ३७ जना मा पोजेटिभ देखियको बताए । वडाले सबै लाई आ आफ्नो घर मा सुरछित रहेर बस्न अन्नेत्र हिडडुल नगर्न भेट घाट नगर्न अनुरोध गर्नुकाे साथै कोहि कसैलाइ स्वास्थ्य समस्या देखियमा वडा कर्यालय वा स्वास्थ्य शाखा मा सम्पर्क गर्न अनुरोध गरियको छ ।