
नवलपुर, असार २
पूर्वअर्थमन्त्री किरण गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारलाई बजेट कसरी ल्याउने भन्ने विषयमा सामान्य ज्ञानसमेत नरहेको भन्दै व्यंग्य गरेका छन्।
मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेटको शैली ठिक नभएको भन्दै उनले तर्क गरे।
पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेटबारे व्यंग्य गर्दै पुर्वअर्थमन्त्री गुरुङले भने, ‘बजेट कसरी बनाउने भन्ने शून्य ज्ञान पनि रैुनछ। यो लिखित भाषण मात्र हो। अंक(अंक कार्यक्रमको शीर्षकसहित आउनुपर्थ्यो, त्यस्तो केही भेटिएन। यो ब्लन्डर हो।’
सरकारले बजेट ल्याउन नसकेको भन्दै आफूले टिप्पणी गर्न नसक्ने भन्दै उनले व्यंग्य गरे। ‘प्रतिपक्षीमा ३ वर्ष बस्दा बजेट भनेको त भाषण हो भन्ने बुझ्नुभएछ। बजेटको त खाका पनि ल्याउन सक्नुभएन’, उनले भने।
वर्तमान सरकारले आवश्यक बजेट नबनाएको उनको तर्क छ। ‘आयव्यय, स्रोत, शीर्षकगत ढंगमा अंक खुलाएर ल्याउनुपर्ने हो तर त्यस्तो छैन। बजेट तर्जुमा गर्ने, बजेट प्रस्तुत गर्ने नीति र आधार नै पूरा भएको छैन। यो बजेटको नाममा वक्तव्य ल्याइएको हो’, उनी भन्छन्, ‘एक दुई ठाउँबाहेक सबै ठाउँमा आवश्यकता अनुसार, आवश्यकता अनुसार भनिएको छ। आवश्यक बजेट बनाउनुभएकै रहेनछ।’
अर्थ सचिव र बजेट निर्माण गर्ने टोलीले गम्भीर गल्ती गरेको उनी बताउँछन्। भन्छन्, ‘अर्थ टोलीले यो बजेट होइन भन्न सक्नुपथ्र्यो। अर्थ सचिव र टोलीले गम्भीर भुल गरे।’
बजेट ल्याउनुभन्दा चार दिन अघि मात्रै पोखरेल नेतृत्वमा सरकार गठन भएको हो। संविधानमा उल्लेख भएअनुसार असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता छ। छोटो समयमा बजेट ल्याउन सम्भावना नहुने भन्दै ऐन परिमार्जन गरेर असार १५ गतेसम्म बजेट ल्याउन पोखरेल नेतृत्वको सरकारले आइतबार छलफलसमेत गरेको थियो।
मंगलबार मुख्यमन्त्री पोखरेलले संसदमा पेस गरेको बजेट भाषणअनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ।
चालु वर्षको भन्दा झण्डै पाँच अर्ब कम रुपैयाँको बजेट ल्याएको छ। चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ। मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ।