घरHeadlineगण्डकीको मुख्यमन्त्रीमा नवलपुरका कृष्णचन्द्र पोखरेल

गण्डकीको मुख्यमन्त्रीमा नवलपुरका कृष्णचन्द्र पोखरेल

खगेन्द्र पराजुली,
२९ जेठ, नवलपुर ।
रस्साकस्सीकाबीच गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवलपुरका कृष्णचन्द्र पोखरेल बनेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को (५) बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
अब फेरी उहाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत भने लिनुपर्दछ ।
मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा अगाडी गण्डकी प्रदेशमा पनि सत्ताको रस्साकस्सी खुवै चलेको थियो ।
नेकपा एमालेका संसदीय दलका नेता एवं मुख्यमन्त्रीले समेत आफ्नो पक्षमा बहुमत प्रदेश सांसद भएको दावी पेश गरेपछि अव के हुन्छ भन्ने प्रश्न खडा भएको थियो ।
बिहीवार बिश्वासको मत पुर्याउन नसकेका मुख्यमन्त्री गुरुङले आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि केन्द्रकै परिघटना दोहोरिएर गण्डकी प्रदेश संसद विघटन हुनसक्ने अड्कलवाजी भएका थिए ।
अन्तिम समयमा आएर एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दावी पेश गरेपछि गठबन्धनका सांसदहरु थप सशंकित बनेका थिए । उनीहरुले संसद विघटन समेत हुन सक्ने आशंका गर्दै आफूहरुको पक्षमा प्रदेश प्रमुखले निर्णय लिनुपर्नेमा दवाब दिन प्रदेश प्रमुख कार्यालयको गेटअघि सडकमा बसेर धर्नामा बसेका थिए ।
धर्नामा गठबन्धन सरकार गठनका लागि काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ प्रदेश प्रमुख कार्यालयको गेटअघि सडकमा थिए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया