गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कोरोना संक्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको संख्या दुई गुणाले तल झरेको छ। संक्रमणको दोस्रो लहर सुरु भएपछिको पछिल्लो एक महिनाको अवधिमा मृत्युदरमा ६६ प्रतिशतले कमी आएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा रहेको तथ्याङ्कअनुसार गत वैशाख १५ गते देखि जेठ २५ गतेसम्म कुल पाँच सय ४३ जनाको मृत्यु भएको छ।
वैशाख २५ मा तीन जनाको मृत्यु भएकोमा मृत्युदर उक्त मृत्युदर जेठ १४ गतेसम्म उकालो क्रममा रहेको थियो। तर जेठ १५ गतेबाट २५ गतेसम्म मृत्युदरको क्रम क्रमशः ओरालो लाग्दै आएको छ। सबैभन्दा बढी जेठ पाँच र १४ गते ३०-३० जनाको मृत्यु भएको छ। यस्तै, वैशाख २६ मा १२ जनाको, २७ मा १३ जनाको, २८ मा १२ जनाको, २९ मा १६ जनाको, ३० मा १४ जनाको, ३१ मा २३ जनाको संक्रमण रहेको अवस्थामा मृत्यू भएको छ।
मध्य जेठसम्म पनि मृत्युको ग्राफ उकालो नै लागिरहेको थियो। निर्देशनालयका अनुसार जेठ एकमा १४ जनाको, दुईमा २८ जनाको, तीनमा २४ जनाको, चारमा १५ जनाको, छ मा २४ जनाको, सातमा १९ जनाको, आठमा २१ जनाको, नौमा १७ जनाको, १० मा २० जनाको, ११ मा १९ जनाको, १२ मा सात जनाको, १३ मा १७ जनाको तथा १५ मा २१ जनाको मृत्यु भएको छ। यसपछि भने मृत्युदर दैनिक रूपमा ओरालो ग्राफमा लागेको हो।
निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार जेठ १६ मा १६ जनाको, १७ मा १७ जनाको, १८ मा १६ जनाको, १९ मा १३ जनाको, २० मा १६ जनाको, २१ मा १० जनाको, २२ मा १५ जनाको, २३ मा १४ जनाको, २४ मा १७ जनाको र २५ मा १० जनाको मृत्यु भएको हो।