काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्।
१७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो।
मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए। मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा छन्।
मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ। थपिने सबै मन्त्री एमालेका छन्।
एमालेभित्र पूर्व माओवादी समूहका कम्तीमा दुईजनाले अवसर पाउने भएका छन्।