घरHeadlineगण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै


जेष्ठ,२७
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्। गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।
गण्डकी प्रदेशमा सत्तापक्ष र विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ संसद विघटन गर्ने योजनामा छन्। तर, विपक्षी दल माओवादी केन्द्र सभामुखलाई राजीनामा दिन लगाएर नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने योजनामा छ । गण्डकीमा सभामुख माओवादी केन्द्रका हुन् ।माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले नयाँ सरकार गठनको अन्तिम विकल्प सभामुखको राजीनामा रहेको निष्कर्ष निकालेको छ । सभामुख नेत्रनाथ अधिकारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बहुमत पुग्छ ।
दलका नेता हरिबहादुर चुमानले सोमबार दलको बैठकमा अहिलेसम्मको समीक्षा मात्र गरिएको बताएका थिए। यस विषयमा चुमानले कानुनविद्सँग सल्लाह गरेर अगाडि बढ्ने चुमानले जानकारी दिएका छन्। ६० सदस्यीय सांसद रहेको गण्डकीमा नयाँ सरकार गठनको लागि ३१ सांसदको आवश्यकता पर्छ । यसो त, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि पनि ३१ मतको आवश्यक पर्छ । स्वतन्त्र सांसदसहित मुख्यमन्त्रीको पक्षमा अहिले २८ सांसद छन् । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाको मत पनि गुरुङलाई जाँदा मुख्यमन्त्रीले २९ मत प्राप्त गर्छन् ।
नयाँ सरकार गठनका लागि विपक्षी चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमो गरी बहुमत पुग्छ । निर्णायक भूमिकामा रहेको राजमोबीच विवाद हुँदा नयाँ सरकार गठनमा समस्या देखिएको हो।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया