घरHeadlineकरेण्ट लागेर दुईजनाको दुर्घटनामा एक जनाको मृत्यु

करेण्ट लागेर दुईजनाको दुर्घटनामा एक जनाको मृत्यु


२६ जेठ, पोखरा ।
स्याङ्जा र कास्कीमा करेन्ट लागेर दुई जनाका मृत्यु भएको छ ।
चापाकोट नगरपालिका १० र १ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका ५ घर भएका २० वर्षीय शशिधर थापाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा अशक्त भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसै गरी कास्की, अन्नपूर्ण गाउँपालिकामा करेन्ट लागेका एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका १० होदु बस्ने शेर बहादुर बिकको छोरा ८ वर्षीय युवराज बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर वेहोस भएका उनको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै, पोखरामा मंगलबार मिक्स्चर दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।
पोखरा १८ सराङकोटबाट पोखरा बजार तर्फ आउँदै गरेको ग १ क ३१८७ नं को मिक्स्चर मेथलाङमा दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका अन्दाजी २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया