
जेष्ठ २५, नवलपुर
पुर्वी नवलपरासीका सबै स्थानिय तहमा बेरुजु भएको पाइएको छ । आर्थिक बर्ष २०७५÷०७६ को स्थानीय पालिकाको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा नवलपुरका सबै स्थानीय तहको बेरुजु देखाएको छ ।
पुर्वी नवपलपरासीमा सबैभन्दा बढी कावासोती नगरपालिकाको ६ करोड ५० लाख ३७ हजार बेरुजु देखिएको छ । कावासोतीका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बेरुजु मध्येको केही रकम फछ्र्यौट भएको केही बाँकी रहेको बताए । लेखापरीक्षणबाट रु। ६ करोड ५० लाख ३७ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु।२ लाख २९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु। १५ लाख ४१ हजार, नियमित गर्नुपर्ने रु। ८३ लाख ९० हजार र पेश्की रु। ५ करोड ४८ लाख ७७ हजार रहेको छ।
बेरुजु रकम बढी हुनेमा कावासोती पछि गैडाकोट नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । गैडाकोटको ५ करोड ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । गैडाकोटमा ५ करोड ९९ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु।७९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु।३ करोड ८ लाख १८ हजार, नियमित गर्नुपर्ने रु।१ करोड १६ लाख २३ हजार र पेश्की रु ७५ लाख ८० हजार रहेको छ ।
नगरपालिकाहरु मध्ये सबैभन्दा कम देवचुली नगरपालिकाको बेरुजु देखिएको छ । देवचुली नगरपालिका २ करोड ७६ लाख ४३ हजार बेरुजु देखिएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको महालेखा परीक्षण देखाए जस्तो बेरुजु नरहेको दावी छ । उनले भने – टोली आएर हतारहतार टिपनटापन गरेर जानु र नगरपालिकाको कुरै नसुनेर आफ्नो ढंगको प्रतिवेदन बनाएको कारण बेरुजु देखिएको उनको दावी छ ।
मध्यविन्दुमा लेखापरीक्षणबाट रु। ३ करोड ६१ लाख ५६ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु।८ लाख ४३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु।२ करोड ४९ लाख ८८ हजार, नियमित गर्नुपर्ने रु।२८ लाख २२ हजार र पेश्की रु। ७५ लाख ३ हजाररहेको छ।
जिल्लाको गाँउ पालिका मध्य सबै भन्दा धेरै हुप्सेकोट गाँउ पालिकामा देखीएको छ । हुप्सेकोट गाँउ पालिकामा रु ३ करोड ९ लाख ५१ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु। १ करोड ८० लाख ३३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु।१ लाख, नियमित गर्नुपर्ने रु। ९४ लाख १५ हजार र पेश्की रु। ३४ लाख ३ हजार रहेको छ ।
गाँउ पालिकाहरु मध्य सबै भन्दा कम बोदीकाली गाँउ पालिकामा देखीएको छ । बौदीकालीमा लेखापरीक्षणबाट रु ५२ लाख २१ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु।१४ लाख २१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु।७० हजार, नियमित गर्नुपर्ने रु।२ लाख र पेश्की बेरुजू रु ३५ लाख ३० हजार रहेको छ ।
त्यस्तै बुलिङटारमा रु १ करोड ५२ लाख ५८ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु।४१ लाख ६६ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु ८ लाख २९ हजार, नियमित गर्नुपर्ने रु ९८ लाख ४८ हजार र पेश्की बाँकी रु ४ लाख १५ हजार रहेको छ ।
विनयी त्रिवेणी गाँउ पालिकामा भने लेखा परीक्षणबाट रु २ करोड ८७ लाख ८४ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु।७ लाख १८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु २ करोड २९ लाख, नियमित गर्नुपर्ने रु। ५१ लाख ६६ हजार रहेको छ ।