घरHeadlineहावाहुरीले घरको छानो उडायोः सामान्य बर्षातले भत्काईदियो खेलमैदानको पर्खाल

हावाहुरीले घरको छानो उडायोः सामान्य बर्षातले भत्काईदियो खेलमैदानको पर्खाल


२५ जेठ, तनहुँ ।
तनहुँ जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । घरको छानो उडाएपछि ति परिवारहरु बिचल्लीमा परेका छन् ।
हावाहुरीसँगै आएको असिनापानीले मकैबाली, तरकारी खेती, केराखेतीमा धेरै क्षति पुगेको बताइएको छ । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बिजुलीको पोल ढलेका, तारहरु चुँडिएकाले विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको जानकारी दिनुभयो । सोही वडास्थित बाराही प्राथमिक विद्यालयमा जडान गरिएको सोलार प्यानल उडाएर पूर्णरूपमा क्षति भएको छ । साँझपखको समयमा हावाहुरी र असिनापानी आएकाले क्षतिको यकिन विवरण भने जानकारी आइनसकेको उहाँले बताउनुभयो ।
यस्तै, तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकास्थित खेलमैदानमा निर्माण गरिएको पर्खाल भत्किएको छ । गुणस्तरहिन काम गरेको असरका कारण आइतबार परेको सामान्य वर्षाले पर्खाल भत्काएको हो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया