घरHeadlineगण्डकीमा कतै पनि बहुमत नपुग्ने सम्भावना, संसद विघटनको मोडमा पुग्नसक्ने

गण्डकीमा कतै पनि बहुमत नपुग्ने सम्भावना, संसद विघटनको मोडमा पुग्नसक्ने


२५ जेठ, पोखरा ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको संसद पद पुनर्बहालीपछि गण्डकीका विपक्षीहरु आफ्नो ‘थैली’ बलियो बनाउन जुटेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा जेठ २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । यसका लागि मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने जानकारी गराउने गुरुङको तयारी छ ।
विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले कतै आफ्ना सांसद ‘तान्ने’ त हैनन् भन्ने आशंकाबीच विपक्षीहरु सशंकित छन् । जनमोर्चाका कृष्ण थापा पार्टीको निर्णयविरुद्ध उभिएपछि सशंकित बनेका उनीहरु सोमबार दिनभर पार्टीको आन्तरिक र सामूहिक छलफलमा जुटे । आफूहरुसँग प्रष्ट बहुमत जुटाउने सामथ्र्य नभएको बुझेकाले दिनभर सत्तापक्षको सम्भावित कदमबारे समीक्षा गरे । हाल,कतैतिर पनि बहुमत नपुग्ने अवस्था भएकोले विघटनलाई स्वीकार्नुबाहेक विकल्प नभएको पनि स्वीकारे ।
सोमबार राष्ट्रिय जनमोर्चा संसदीय दलको बैठकमा पियारी थापा र खिमविक्रम शाही उपस्थित भए । उनीहरुले पार्टी केन्द्रको लाइनभन्दा बाहिर जान नसकिने र विपक्षी गठबन्धन बलियो बनाउने निर्णय गरे । यता, माओवादी केन्द्रको बैठकले पनि स्थिति आफ्नो वशमा नभएको तर विपक्षी मोर्चालाई सक्दो बलियो बनाउने निर्णय गरिएको सभासद दीपक कोइरालाले बताए । जनमोर्चा पार्टी एकातिर र सभासद अर्कोतिर हुँदा सदन कुसमयमै विघटनको मोडमा पुगेको उनले स्वीकारे ।
‘सदनमा बहुमत जुटाउन संख्या नै चाहिन्छ,त्यो नभएपछि स्वभाविक रुपले डुंगा डुवेको हेर्न हामी बाध्य हुने अवस्थामा छौँ’, उनले भने,‘यद्यपि, विपक्षी गठनबन्धमा बहुमत जुटाउने प्रयास भने जारी रहेको छ ।’ माओवादी केन्द्रबाटै सभामुख बनेका नेत्रनाथ अधिकारीले सभामुखबाट राजीनामा दिएमा के हुन्छ भन्नेबारे छलफल चलेपनि यही गर्ने भन्ने निर्णयमा माओवादी केन्द नपुगेको उनले बताए । सभामुखले राजीनामा दिएमा उनी सभासद मात्रै रहने र मतदानमा सरिक हुन पाउने अवस्था आए त्यो बाटोमा जान सकिने माओवादीको धारणा छ ।

ढोरपाटन दैनिकबाट

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया