घरHeadlineनवलपुरमा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थप

नवलपुरमा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थप

जेष्ठ २३, कावासोती
नवलपरासी (पूर्व) मा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप गरिएको छ । जेष्ठ २४ गते राति १२ वजेबाट सकिदै छ । आज बसेको जिल्ला कोभिड व्यावस्थापन समिति र जिल्ला शुरक्षा समितिको बैठकले निषेधाज्ञा जेष्ठ मसान्त (३१) गते सम्म थप गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
गत बैशाख २१ गते देखी जिल्लामा कोरना संक्रमण बढ्दै जादा लक डाउन शुरु भएको थियो । आज बसेको बैठकले २०७८ जेष्ठ ३१ गते सोमबार राती १२ बजे सम्म थप गर्ने निर्णय गरेको हो ।
बैठक निषेधज्ञाको अवधिमा सार्वजनिक भेला, जमघट, समारोह गर्न नपाईने सार्वजनिक तथा नीजि सवारी संचालन गर्न नपाईने भएको छ ।
निषेधज्ञाको समयमा तरकारी फलफुल दुग्ध तथा दुग्धजन्य पदाथ , खाद्यान्न पसल र पुस्तक पसल हरु हरेक दिन विहान ६ बजे देखी ९ बजे सम्म खुल्न पाउने भएका छन । त्यस्तै सरकारी कार्यालय एवम् सार्वजनिक संस्थान भने तोकिएको मापदण्ड पुर्याएर खुल्ने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी आदेश

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया