२० जेठ, नवलपुर ।
देवचुलीको दुम्कौली कोभिड अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ ।
जेठ ६ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको पिसीआर परिक्षणमा कोभिड पुष्टि भएका कावासोती नगरपालिका वडा नं. ८ का ८० बर्षीय पुरुषको आज बिहीवार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
ति बृद्धलाई उपचारका लागि हिजो अस्पताल लगिएको थियो ।
आज थप १ जनाको मृत्यु भएसँगै नवलपुरमा ज्यान गुमाउनेको संखया ८४ पुगेको छ । बैशाखयतामात्रै ५२ जनाले ज्यान गुमाएका छन् ।