घरHeadlineनिषेधाज्ञाका कारण बलेवा विमानस्थलको काम अधुरो

निषेधाज्ञाका कारण बलेवा विमानस्थलको काम अधुरो

जेष्ठ २०, बागलुङ

बागलुङको बलेवा विमानस्थल

बागलुङको बलेवा विमानस्थलको काम कोरोनाका कारण गरिएको निषेधाज्ञाले अन्तिम अवस्थामा आएर रोकिएको छ । आगामी असारसम्म निर्माण कार्य सक्ने म्याद रहेको उक्त विमानस्थलको काम वैशाखदेखि रोकिएको हो । काम रोकिएपछि तोकिएको म्याद सम्म काम सक्ने सम्भावना नरहेको निर्माण व्यवसायीले बताएका छन् ।विमानस्थल निर्माणको काम गरिरहेको काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनीका इन्जिनियर चिरञ्जीवी खड्काका अनुसार अरू सबै काम सकेर विमानस्थलको ७ सय मिटर लामो धावनमार्ग कालोपत्रे गर्न मात्रै बाँकी छ । एक वर्षअघि ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको कम्पनीले नियमित काम गरिरहेको थियो । वैशाख पहिलो सातासम्म निर्माणको ९० प्रतिशत काम सकिएको खड्काले बताउनुभयो ।अहिले विमानस्थलमा ७ सय मिटर लामो पक्की नाली बनाउने, मैदानमा १ हजार ५ सय मिटर लामो घेराबार लगाउने, मुख्य गेट र आपत्कालीन गेट बनाइएको छ । मैदानको सबै भाग १ किमी लामो छ । तर हाल ७ सय मिटर लामो, २० मिटर चौडा कालोपत्रे गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनर्निर्माण भएको हो ।निषेधाज्ञाका कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएकाले काम रोकिएको खडकाले बताउनुभयो । विमानस्थलको कालोपत्रे गर्ने सामान तनहुँ र म्याग्दीबाट ढुवानी गर्दै आए पनि निषेधाज्ञाका कारण ढुवानीमा समस्या भएको छ ।बागलुङ नगरपालिका १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो विमानस्थलमा २०५० सालसम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको खत्रीले बताउनुभयो ।गत वर्ष पनि बागलुङ नगरपालिकाले नपुग यात्रुको भाडा तिरेर भए पनि विमान उडाउँदै आएको थियो । पछि नगरपालिकालाई आर्थिक भार थपिएपछि नगरपालिकाले हात झिकेपछि विमानस्थल गौचरनमा परिणत भएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया