घरHeadline१० घण्टापछि नियन्त्रणमा आयो चौधरी उद्योग ग्रामको आगलागी

१० घण्टापछि नियन्त्रणमा आयो चौधरी उद्योग ग्रामको आगलागी

कावासोती, जेष्ठ १९

नवलपुरको दुम्कौलीमा रहेको चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ ।

देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी ग्रुपको औधोगिक ग्राममा रहेको सीजी ब्रुअरीमा बिहान सवा ८ बजेबाट सुरु भएको आगलागी साँझ साढे ६ बजे नियन्त्रणमा आएको हो । ब्रुअरीमा लागेको आगो निभाउन ८ वटा दमकललाई १० घण्टा भन्दा बढी समय लागेको हो ।
कारखानामा लागेको आगो नियन्त्रणका लागि पूर्वी, पश्चिम नवलपवरासी र चितवनका ८ वटा दमकल प्रयोग गरेर सेना, सशस्त्र प्रहरी, प्रहरी र उद्योगका कर्मचारी खटिएका थिए ।
जिल्ला प्रहरीका प्रवक्ता दिलिप गिरीले बियर कारखानाको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई १० घण्टाभन्दा बढी समय लागेको जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।
बिहान ८ बजे बियर उत्पादन गर्ने कारखानाबाट धुवाँको मुस्लो निस्केपछि बाहिरका मजदुरले आगो लागेको जानकारी दिएको प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार गोदाममा तयारी अवस्थामा राखिएको बियर जलेर नष्ट भएको छ । तयारी बियर, कार्टुन, बियर बनाउने कच्चापदार्थ ,कारखानको इन्जिनियरिङ विभाग, गोदाम, कार्टुन गोदाम र कार्यालय जलेर नष्ट भएको छ ।
चौधरी ग्रुपका महाप्रबन्धक मधुु पौडेलले भने आगलागीबाट भएको क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताएका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया