घरHeadlineचोरीमा संलग्न २ जना पक्राउ

चोरीमा संलग्न २ जना पक्राउ


१८ जेठ, नवलपुर ।

नवलपुर प्रहरीले कावासोतीमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
दसी–सामाग्री सहित चोरीमा संलग्नलाई आज मंगलवार प्रहरीले सार्वजनिक गरेको हो ।
कावासोती १ निवासी २७ बर्षीय कृष्णबहादुर परियार र देवचुली १६ निवासी ३९ बर्षीय मोटे हरि भन्ने हरिजन दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीका सामग्री वेच्न ग्राहकको खोजीमा रहेको सूचनाको आधारमा निगरानी राख्दा उनीहरुको घरवाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न दुवै जनाको घरवाट प्रहरीले सुन, चाँदी, टेलिभिजन, भाडाकुडा, खाद्य सामग्री, मोबाइल सेट, चोरीको बेला प्रयोग गर्ने हतियारहरु समेत बरामद गरेको छ ।
उनीहरुले बैशाख २३ गतेदेखि जेठ १५ गतेसम्म विभिन्न ५ घरमा चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले बैशाख २३ गते कावासोती ३ परिवर्तन चोक निवासी नारायण अर्यालको घरबाट नगद, गरगहना, टेलिभिजन, थाल, कचौरा समेत ५ लाख बराबरको धनमाल चोरी गरेका थिए ।
त्यसैगरी बैशाख २५ गते कावासोती ५ दशघरे बस्ने मनमाया पाइजामगरको घरबाट टिभी, राइसकुकर, प्रेसर कुक, मिक्सर, कराई, कपसेट, ग्याँस चुलो, चक्कु, बल्याङकेट, काँसको थाल कचौरा गरी ८१ हजार ६ सय रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।
त्यसैगरी जेठ १४ गते कावासोती ६ विष्णुनगर निवासी सरस्वती भुसालको घर भाडामा पसल गरी बस्ने मणी न्यौपानेको पुजा सामग्री पसल र उनकै घरमा भाडामा बस्ने खिममाया रानाको कोठाबाट पनि सामन चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले पुजा सामग्री पसलबाट नगद, सहित पूजा सामाग्री पसलमा बेच्न राखिएका तामा, पित्तलका सामग्री सहित अगरवत्ती समेत गरि करीव २७ हजार बराबरको चोरी गरेको समान समेत वरामद भएको छ । चोरले खिममाया रानाको कोठाबाट काँसका भाडाकुँडा, मोवाईल सहित लसुन समेत छोडेनन् । खिममायाको कोठाबाट अन्दाजी ५७ हजार ८ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।
त्यसैगरी जेठ १५ गते कावासोती ६ प्रगतिटोल बस्ने राजु रसाइलीको घरबाट नगद, सुन–चाँदी, सुन तौल गर्ने मेसिन, सुन सफा गर्ने फलामको दाना, जुत्ता, हाल्फ पाइट, टिर्सट, मोबाइल गरी ६ लाख ७६ हजार एक सय रुपैयाँ बराबरको सामान चोरेका थिए ।
उनीहरुले घर कोही नभएको घरमा चोरी गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यसैगरी उनीहरुले राति ९ बजेदेखि ११ बजेसम्म घरमा रेकी गर्ने र राति १÷२ बजेको समयमा चोरी गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
५ घरबाट करिब १३ लाख बराबरको धनमा चोरी भए पनि प्रहरीले ६ लाख बराबरको धनमाल मात्र बरामद गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया