घरHeadlineबिषाक्त जंगली च्याउ खाँदा देवचुलीका एकैपरिवारका ३ जना अस्पताल भर्ना

बिषाक्त जंगली च्याउ खाँदा देवचुलीका एकैपरिवारका ३ जना अस्पताल भर्ना

खगेन्द्र पराजुली
१६ जेठ, नवलपुर ।

नवलपुरमा बिषाक्त जंगली च्याउको तरकारी खाँदा ३ जना बिरामी परेका छन् । देवचुली नगरपालिका वडा नं. ९ बिशालटारका एकैपरिवारका ३ जना बिरामी परेपछि उनीहरुको अस्पतालमा उपचार भईरहेको छ ।
३४ बर्षीया कृष्णकुमारी सिंजालीले स्थानीय घुमाउरी सामुदायिक बन क्षेत्रबाट खोजेर ल्याएको च्याउ शनिवार बेलुका तरकारी पकाएर खाएपछि बिरामी परेका उनका देवर नवराज सिंजालीले बताएका छन् ।
कृष्णकुमारी, उनका १७ वर्षका छोरा विवेक र १५ वर्षीया विनिताको अहिले भरतपुरस्थित मनकामना अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार छोरा विवेकको अवस्था मध्यम रहेपनि आमा कृष्णकुमारी र छोरी विनिता गम्भीर विरामी परेका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया