१३ जेठ, नवलपुर ।
नवलपुरमा कोरोना कहरमै आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । कोरोना संक्रमणको त्रास रहेका बेला र रक्तसंचार केन्द्रमा रगतको अभाव भैराखेका बेला स्वास्थ्य प्रोटोकल पालना गर्दै कावासोतीको डण्डामा भएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् ।
विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले बिहीवार आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जना पुरुष र ५ जना महिला गरि ५३ जना सहभागी भए ।
रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको विपद व्यवस्थापन सहयोगी समिति नवलपुर अध्यक्ष शिव गिरीको भनाई छ ।
डण्डामा भएको रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र कावासोतीको प्राविधिक सहयोगमा भएको हो ।