१३ जेठ, नवलपुर ।
सामाजिक बिकास मन्त्रालय गन्डकी प्रदेसका मन्त्री नरदेबी पुनले देशलाई समृद्धि गराउने शिक्षाको बिकास बिना देशको बिकास हुन नसक्ने बताउनुभयको छ । सामुदायिक बिधालयको सस्था ईम्बक्स नवलपुरले आयोजना गरेको आई सि टि अनलाईन कार्यशाला समापन कार्यक्रममा बोल्दै मन्त्री पुनले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पुनले भन्नुभयो–बिकासको आधार बिधालय हो बिधालयले दक्ष जनशक्ति उत्पादन गर्न सके मात्र देसको बिकासमा टेवा पुग्छ ।
शिक्षा प्रबिधीमैत्री हुनु पर्नेमा जोड दिदै मन्त्री पुनले यसको अभियानमा नवलपुर लागिरहेको भन्दै अझ प्रभावकारीतामा जोड दिन सुझाव दिनुभयो ।
सरकारले बिधालयलाई गरेको लगानी पर्याप्त नभएको मन्त्री पुनले स्वीकार गर्नुभयो । यसमा तीनै तहको सरकारले बल पुर्याउनुपर्ने धारण राख्नुभयो ।
मन्त्री पुनले शिक्षामा भएको लगानीको अनुगमन गर्न समेत शिक्षा प्रमुखलाई अनुरोध गर्नु भयो ।
इमबक्स नवलपुरका अध्यक्ष शिवप्रसाद देबकोटाको अध्यक्षतामा सम्पन्न अनलाईन कार्यशाला कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका उपसचिव तोयानाथ लम्साल शिक्षा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, नेपाल शिक्षक महासंघका अध्यक्ष चन्द्रदेब तिवारी, नेपाल शिक्षक संगठन नवलपुरका पुर्व अध्यक्ष नरदेब न्यौपाने नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली ईम्बक्स नवलपुरका सचिब रेसम कोईराला लगायतले सहभागिता जनाएका थिए ।
१० दिनसम्म चलेको अनलाईन तालिममा करिब ५ सय शिक्षक सहभागी भएका ईम्वक्स नवलपुरका अध्यक्ष शिव देवकोटाले बताउनुभयो ।