घरHeadlineकोरना कहर- मजदुर भन्छन "कामपनी छैन , घर जानपनी पाइदैन"

कोरना कहर- मजदुर भन्छन “कामपनी छैन , घर जानपनी पाइदैन”

जेष्ठ ०८, कावासोती
अन्य जिल्लाबाट नवलपुर क्षेत्रमा आई निर्माण मजदुरी गर्ने मजदुरहरु कोरना भाइरसको कारण तराईका सबै जसो जिल्ला प्रशासन कार्यालयहरुले निशेध्याज्ञ लगाए सगै घर जान नपाएर बस्न बाध्य भएका छन ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले गत बैशाख २१ ग्ते देखी नवलपुर जिल्लाका निशेध्याज्ञा जारी गरेको थियो भने जेष्ठ ३ गते पुन १० दिन म्याद थप गरी १४ गते सम्म पु¥याएको छ ।
बारा जिल्लाबाट नवलपुर काम गर्न आएका रामवर्दन यादव भन्छन – ूदैनिक ज्वालादारीमा ठेगदारले काम लगाउने गर्थे तर निशेध्याज्ञाका कारण अहिले काम पनी छैन, पहिला मजदुरी गरेर कमाएको पैसा अहिले बसेर खायर सकियो , घर पनी जान पाईएको छैन चिन्ता लागी रहेछ । न त यहाँ कमाई छ न त घर नै जान पाईन्छ । ू
यादव मात्र हैन नवलपुर जिल्लामा विभिन्न ठेगदार मार्फत घर निर्माणका लागी आएका सबै जसो मजदुरहरुको अवस्था उस्तै छ ।
कावासोती –८ अस्थायी ठेगाना भई रौतहट निवासी रामलखन चौधरी दैनिक विभिन्न गाँउ डुलेर कवाडी संकलनको काम गर्छन अहिले उनको पनी अवस्था उस्तै छ । ूकवाडी संकलन गर्न जाउ सरकारले निशेध्याज्ञा लगाएको छ , निस्कीहाले पनी न त बजारमा न त गाँउमा नै कवाडी सामाहरु पाईदैन , होटल पनी बन्द छ मदिराको खाली सिसि समेत पाईदैन , घर जान पनी बस चलेको छैन । उही अन्य साथी सग सर सापट मागेर दैनिकी चलाउदै छु । ू
नेपालमा कोरना भाईरसको संक्रमण देखीए सगै साना तथा ठुला व्यापारी देखी मजदुरहरु समेतको समेत दैनिकी कष्ठकर बन्दै गएको छ ।
कोरना संक्रमण दर खासै धट्दौ छैन बरु दैनिक पिसिआर परीक्षण गर्नेहरुको दर बढ्दोछ । कोरना संक्रमण नधटे सम्म निशेध्याज्ञा समेत जारी रही रहने हुदाँ मजदुरहरु घर फर्किन खोजेका हुन ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले भने ठुला तथा राष्ट्रिय आयोजनामा काम गर्न मजदुरहरुको हकमा आयोजना निर्माण कम्पनीले चित्तबुझ्दो कारण सहित निवेदन पेश भएमा र मनासिव मानीएमा कम्पनीकै जिम्मेवारीमा घर पठाउने कार्य गरीएको बताउनु भयो । उहाँले इट्टा भठ्ठामा काम गर्ने मजदुरहरुलाइृ सोही अनुरुप पठाईएको समेत बताउनु भयो तर १० देखी १५ जना मजदुर लिएर काम गर्नेहरुको हकमा ठेगेदारले नै खाना र बस्नको जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।
नवलपुरजिल्लामा बारा पर्सा, , विरगंज जस्ता तराईका जिल्लाहरुबाट मजदुर ल्याई दैनिक ज्वालादारीमा काम लगाउने गरीन्छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया