घरHeadlineअमलटारी होमस्टेलाई दोस्रो पटक राष्ट्रिय पुरस्कार

अमलटारी होमस्टेलाई दोस्रो पटक राष्ट्रिय पुरस्कार

जेष्ठ ०५
अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे स्थापनाको ८ औं बर्ष पुरा गरेकै दिन राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएको छ । २०७० साल जेष्ठ ५ गते नवलपुरको कावासोती १५ नम्वर वडामा सामुदाय स्तरबाट संचालन गरीएको अमलटारी होमस्टेले आफ्नो वार्षिकउत्सवको दिन दोस्रो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएको छ ।
प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण मार्फत दिगो जीविकोपार्जनको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र अन्र्तगत रहेको अमलटारी मध्यवर्ति सामुदायिक होमस्टेले डब्लूडब्लूएफ नेपाल संरक्षण अवार्ड २०२१ (WWF NEPAL CONSERVATION AWARD 2021)प्राप्त गर्न सफल भएको छ ।
अमलटारी होमस्टेले यस अगी देशभरीकै घरवास (होमस्टे) मध्ये यस उत्कृष्ट हुदै लाख १ हजार नगद र सम्मानपत्रसहित वर्ष २०७२ को उत्कृष्ट होमस्टे घोषणा समेत भएको थियो ।
डब्लुडब्लुएफको स्थापना दिवसको अवसरमा प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टले प्रकृति र संस्कृति संरक्षण र जैविक विविधता संरक्षणमा उत्कृष्ट कार्य गरे बापता आज अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट धोषण गर्दै पुरस्कृत गरेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिनु भयो ।
डब्लुडब्लुएफले आफ्नो स्थापना दिवसको अवसरमा संरक्षणको क्षेत्रमा उल्लेख्य काम गरे बापत अमलटारी होमस्टेलाई राष्टिय संरक्षण पुरस्कारबाट नगद रु १ लाख र अन्य सामग्री सहित सम्मान गरेको अध्यक्ष मर्दनियाले जानकारी दिनुभयो ।
संरक्षण तराई भू परिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दिगो गाउँ’ (हाम्रो दिगो गाउँ) कार्यक्रम अन्तरगत यो गाउँमा होम स्टे संचालन हुदै आएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया