घरHeadlineनवलपुरमा कोरोना कहरः २ को मुत्यु, १२१ जना संक्रमित

नवलपुरमा कोरोना कहरः २ को मुत्यु, १२१ जना संक्रमित

जेष्ठ,३
नवलपुर
नवलपुरको आजको तथ्याङकमा थप १२१ जना नयाँ सक्रमित थपिएका छन् । कावासोती नगरपालिकाका ४४ सहित जिल्लामा १२१ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै आज नवलपुरमा २ जनाको मुत्यु भएको छ । जिल्ला स्वाथ्य कार्यालयको विवरणमा उल्लेख भए बमोजिम विनयी त्रिवेणि गाँउपालिका २ की ४४ बर्षिय महिलाको गए राति मध्यबिन्दु जिल्ला अस्पतालमा मुत्यु भएको थियो भने कावासोती ११ निवासी ४२ बर्षिय पुरुषको बुटवलको ग्रीनसिटि अस्पतालमा मृत्यु भएको हो । यो संगै कोरोनाको दास्रो लहर फैलीएसंगै बैशाख यता २३ जनाको मुत्यु भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार गैंडाकोटका १८ जना, देवचुलीका १२, कावासोतीका ४४, मध्यविन्दुका २० विनयी त्रिबेणीका २१, हुप्सेकोटका ४,बुलिङटार १,बौदीकाली १ जना गरी १२१ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नवलपुरमा यही बैशाख १ गते यता सक्रिय संक्रमितको संख्या १ हजार ८९ पुगेको छ । आज थप १०५ जना निको भएसँगै यसअवधिमा ६०० सय जनालाई निको भएको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया