जेष्ठ,३
नवलपुर
आज जेष्ठ ३ गते मदन आश्रीत स्मृति दिवस । जननेता मदन भण्डारी र जीवराज आश्रितको २८औैं स्मृति दिवस । मदन आश्रीत स्मृति दिवसको अवसरमा नेकपा एमाले नवलपुरद्धारा प्रेश विज्ञप्ती जारी गर्दै जननेता मदन भण्डारी र जीवराज आश्रीत प्रति भावपुर्ण श्रदान्जली अर्पण गरेको छ । नेकपा एमाले जिल्ला सचिब जीवन श्रेष्ठ र अध्यक्ष रोशन बाहादुर गाहाद्धारा जारी विज्ञप्तीमा कोरना भाईरसको संक्रमणको अवस्थामा स्वास्थ्य शुरक्षा अपनाउदै एमालेका सुभेच्छुकहरुमा सहयोग जुट्न आग्रह समेत गरीएको छ ।
आजको दिनमा नेकपा एमालेले नेताद्वय भण्डारी र आश्रितको सम्झनामा नेकपा एमाले नवलपुरले हरेक वर्ष विविध कार्यक्रम गर्दै आईरहेको थियो तर यस बर्ष कोरना भाइरसका कारण कार्यक्रम भने गर्न नसकिएको एमाले जिल्ला सचिब श्रेष्ठले जानकारी दिनुभयो ।