
जेष्ठ २, कावासोती
विभिन्न संचार माध्यममा समचार आए सगै नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पताललाई अक्सीजन सहितको सिलीण्डर प्राप्त हुन थालेको छ । नवलपुरका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुद्धारा गठीत विपत व्यावस्थापन सहयोग समितिलाई प्राप्त २५ थान मध्ये सिलीण्डर अक्सीजन आइतबार (आज) विपत सहयोग समिति र गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामीछाने सहितको उपस्थितीमा १५ थान सिलिण्डर हस्तान्तरण गरेको विपद व्यवस्थापन सहयोगी समिति संयोजक शिव गिरीले जानकारी दिनु भयो ।
कोभिड १९ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनी विपद व्यवस्थापन सहयोगी समितिले अक्सिजन व्यावस्थापनका लागी सिलीण्डर संकलन गर्ने क्रममा नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामबाट प्रप्त २५ थान सिलिण्डरमा अक्सीजन भरी १५ थान जिल्ला अस्पताललाई हस्तान्तरण गरेको र बाकी १० थान सहयोग समितिमै राखीएको समिति संयोजक शिव गिरीले जानकारी दिनु भयो ।
चौधरी उद्योग ग्रामबाट प्राप्त सिलिण्डरलाई नेपाली काग्रेसद्धारा गठित कोभिड–१९ अनुगमन समिति नवपुरका संयोजक सुरज गुरुङ सहित र रेडक्रसको टोलिले भैरहवामा रहेको अक्सीजन उद्योगबाट सिफिल गरी सनिबार ल्याएका थिए ।
रिफल गरिएका अक्सिजन सिलिन्डर मध्य १५ वटा सिलिन्डर मध्यविन्दु जिल्ला अस्पतालमा बुझाईएको छ । १० वटा अक्सिजिन सिलिन्डर समितिले स्टकमा राखेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।
अक्सिजन सिलिन्डरको अभाव भएपछि समिति निरन्तर घर घरमा पुगेर अक्सिजन सिलिन्डर संकलनमा जुटेको छ । सोही मध्यका १५ सिलिन्डर अस्पताललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । समितिले आपत्कालीन रुपमा कसैलाई रगत आवश्यक परे सोको व्यवस्थापन गर्न समेत करिब १ सय ५० जना रक्तदाता तयारी अवस्थामा राखेको संयोजक गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार समिति मातहतमा अझै पनि करिब ३५ खाली अक्सिजन सिलिन्डर रहेका छन् । क्रमश यसको रिफिलका लागि कोष समेत बढाउदै गईएको समितिका कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले बताउनुभयो । जम्मा भएको रकम मध्यबाट अक्सिजन रिफिल र रेगुलेटर खरिदमा खर्च गर्ने गरिएको समितिका कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । अस्पतालमा अक्सिजन हस्तान्तरण प्रश्चात सोहि क्रममा कोषकालागि कावासोती १६ का गोविन्द रिजालले ६ हजार ५०० र निर प्रसाद श्रेष्ठले २ हजार ६ सय नगद सहयोग गर्नुभएको थियो ।
अस्पताललाई अक्सिजिन हस्तान्तरणको कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछाने, अस्पतालका पुर्व समिति अध्यक्ष महेन्द्र पोख्रेल कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ, समतिका पदाधिकारीहरु, नेपाली काग्रेसद्धारा गठित विपत व्यावस्थापन समिती नवपुरका संयोजक सुरज गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
कोरनाको विपत व्यावस्थापनमा सहयोग गर्न देवचुली नगरपालिकामा युवाहरुको समुहद्धारा खेम काफ्ले स्मृति कल्याण समिति, नेपाली काग्रेसले कोभिड–१९ अनुगमन समिति गठन गरेको छ भने नवलपुर जिल्लको सदरमुकाममा जिल्ला स्थित सबै संघ संस्थाहरुको प्रतिनिधित्व रहने गरी विपत व्यावस्थापन सहयोग समिति गठन गरीएको छ ।