घरHeadlineब्यवसायी श्रेष्ठद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान अक्सिजन सहितको सिलिण्डर प्रदान

ब्यवसायी श्रेष्ठद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान अक्सिजन सहितको सिलिण्डर प्रदान

३१ बैशाख, नवलपुर ।
मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन सहितको ३ थान सिलिण्डर प्राप्त भएको छ । बिहीवार ब्यवसायी महेन्द्रकुमार श्रेष्ठले जिल्ला अस्पताललाई आफ्नै ब्यक्तिगत खर्चमा ३ थान अक्सिजन सिलिण्डर प्रदान गर्नुभएको हो ।
अस्पतालमा अक्सिजन अभाव हुने संभावना रहेको समाचार बाहिरिएपछि आफूले स्वतस्फुर्त रुपमा सकेको सहयोग गरेको ग्रील तथा स्टील ब्यबसायी संघ नवलपुरका अध्यक्ष समेत रहनुभएका श्रेष्ठको भनाई छ ।
उहाँले अस्पतालमा अक्सिजन नपाउने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो क्षमता अनुसारले सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
अप्ठ्यारो र विपतमै मानवले सेवा गर्नु नै मानवीय धर्म भएकाले यो संकटका बेलामा सबैले सक्दो सहयोग गर्न श्रेष्ठले अनुरोध गनुभयो ।
सहयोग स्वीकार गर्दै अस्पताल प्रशासनले श्रेष्ठप्रति धन्यवाद व्यक्त गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया