घरHeadlineवैशाख ३१ गते सार्वजनिक विदा

वैशाख ३१ गते सार्वजनिक विदा

बैशाख ३०, कावासोती
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । भोली अर्थात बैशाख ३१ गते ईदुल्लफितर परेकाले गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव हिमालचन्द्र अर्यालले आज (बिहिबार) एक प्रेस विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको ले बैशाख ३१ गते गण्डकी प्रदेमा सार्वजनिका बिदा दिने निर्णय गरेको जानकारी गराएका छन । गण्डकी प्रदेश सरकारले यस अगीनै उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।

गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैते दसैंसँगै इद, पुस १५ गते तमु लोसार, माघ १९ गते सोनाम लोसार र फागुन १९ गते ग्याब्लो लोसारमा पनि विदाको निर्णय भएको छ । इदुल्लफितर जुन दिन पर्छ त्यसै दिन विदा हुने निर्णय अनुसार वैशाख ३१ गतेलाई बिदा दिईएको हो । प्रदेश सरकारलाई वर्षमा ७ दिन बिदा दिने अधिकार हुन्छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया