बैशाख ३०, कावासोती
गण्डकी प्रदेशमा आज एक जना पत्रकार सहित १४ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ८ जना संक्रमित पोखराका रहेका छन् ।यस्तै मृत्यु हुनेमा बागलुङका ४ जना र म्याग्दीका १ जना रहेको निर्देशनालयले जानकारी दिएको छ ।
भने निर्देशनालयको अनुसार दाङका एक संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या ३१८ पुगेको छ ।