घरHeadlineकोरनाको कहर,'संक्रमणका डरले बैक तथा पसल खोल्न सक्दैन्न'

कोरनाको कहर,’संक्रमणका डरले बैक तथा पसल खोल्न सक्दैन्न’

बैशाख–३०,कावासोती
कोरना भाईरसको नयाँ संक्रमण देखीन थाले सगै जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु. पुर्व)ले गत बैशाख २१ गते राती १२ बजे देखी जेष्ठ ४ गते राती १२ बजे सम्म जिल्ला भर निषेधज्ञा लागु गरेको छ । निषेधज्ञा लागु गरे सगै अति आवश्यक सेवा बाहेक सबै व्यावसायहरु बन्द भए । उपभोक्ताहरुले दैनिक आवश्यक खाध्य सामग्री खरीद गर्न समेत पाएन्न । यसै बिषयलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बैशाख २८ गते मंगलबार राती १२ बजे देखी लागु हुने गरी दैनिक ७ बजे देखी ९ बजे सम्म (२ धण्टा) उपभोग्य सग सम्वन्धीत व्यावसाय खोल्न निर्देशन जारी ग¥यो ।


तर जिल्ला प्रशासनले उपभोग्य सामाग्री दैनिक २ धण्टा खोल्न पठाएपनि व्यापारीहरु भने कोरना संक्रमणका डरले पसल खोल्न सकेका छैन्न ।
जिल्ला प्रशासनले बैशाख २९ गते राती १२ बजे देखी दैनिक उपभोग्य पसल खोल्न आग्रह गरी नवलपुर जिल्ला सदरमुकाममा रहेका तरकारी, दुग्धजन्य पसल र स्वास्थ्य सेवा बाहेकका दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने पसल भने खुलेको पाईएन ।
कावासोती–२ का किराना व्यावसायी भन्छन , ‘पसल खोल्न प्रशासनले आग्रहत गरेको छ, तर को संक्रमित हो को हैन चिन्न नसकिने भएकाले सटर खोलेर सामान बिक्री गर्न नसकिएको बताउछन ।’
कावासोती–८ अर्का व्यापारी भन्छन ‘समचारहरु हेर्दा र सुन्दा अक्सीजन अभावका कारण उपचार समेत नपाएको सुन्न आएको छ , यदी कोरना संक्रमण भईहाल्यो भने हाम्रो पनी त यस्तै हालत हुने होला नी ।’
व्यपारीको मात्र कुरा हैन जिल्ला प्रशासन कार्यालयले बैक तथा वित्यि संस्था दैनिक २ धण्टा संचालन गर्न निर्देशन समेत जारी गरेको छ तर, जिल्ला प्रशासन र कावासोती नगरपालिकाको विपत व्यावस्थापन समितिको निर्णय बाजीदा बैकका कर्मचारीहरु सेवा दिन अलमलमा परेका छन ।
कावासोतीमा रहेका सबै जसो बैकका कोही न कोही कर्मचारीमा संक्रमण देखीएको छ त्यसले गर्दा समेत बैकका कर्मचारीहरु दैनिक बैकबाट सेवा प्रदान गर्न डराएको कावासोती बैकर्स क्लवका अध्यक्ष कुमार बास्तोलाले बताउनु भयो ।
माछापुच्छ«े बैकका शाखा प्रवन्धक शेषराज पोख्रेल भन्छन, “अस्पतालहरुमा भर्ना नलिने समाचारहरु आइरहदा बैंक तथा वित्तिय सस्थामा कार्यरत कर्मचारिहरु कोविड–१९ को संक्रमणमा पर्दा उपचारको जिम्मा कसले लिने ? बैंक अत्यावस्यक सेवा हो र दैनिक रुपमा खोल्न जरुरी छ भने कोविड संक्रमण भएको अवस्थामा पाउने उपचारको चित्त बुझ्दो मापदण्ड तयार हुन पर्छ र सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन जरुरि हुन्छ ज्यान हाम्रो पनि हो आश्रीत परिवार हाम्रो पनि छ ।”

कावासोती नगरपालिका भित्रका केही व्यावसायीले भने केही मात्रमा सटर खोली दैनिक उपभोग्य सामाग्री बिक्री गरेका छन भने ग्रामीण क्षेत्रका पसल भने प्राय संचालन मै रहेका छन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया