घरHeadlineगण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ

गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ

२९ वैशाख, पोखरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

कांग्रेस, माओवादी, जसपा र राजमो एकजुट भएर नयाँ सरकार गठन गर्न कसरत गरेका थिए। तर, राजमोका सांसद खिमविक्रम शाही र कृष्ण थापाले कांग्रेसहित गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेनन्। यी दुई सांसदले सहयोग नगरेपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन सकेनन्।

हस्ताक्षर पुर्‍याउन नसके पनि उनले आफूलाई चार दलका सबै सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र लेखेका थिए। तर, शाही र थापाले आफूहरु तटस्थ रहेको भन्दै विज्ञप्ति निकालेपछि प्रदेश प्रमुखले ठूलो दलको हैसियतले गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया