घरHeadlineजुवाडे पक्राउ

जुवाडे पक्राउ

बैशाख २९ , कावासोती
पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं.–८ भाग्रामा तास खेली रहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट नगद पैतालिस हजार सात सय उनसत्तरी रुपैँया र ४ बुक तास सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा मध्यबिन्दु–८ का बर्ष ४० को पुर्ण बहादुर तामाङ , मध्यबिन्दु–८ बस्ने बर्ष ३२ को टेक बहादुर चौधरी , बर्ष ४५ को निर प्रताप चौधरी,बस्ने बर्ष ३२ को नारायण चौधरी, बस्ने बर्ष ३४ को जोगेन्द्र महत्तो , बस्ने बर्ष ३५ को अनिल कुमार चौधरी मध्यविन्दु ७ बस्ने बर्ष ३७ को रुप बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी चौकी चोरमारामा ल्याईएको र थप अनुसन्धान भई रहेको जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया