
बैशाख २९ , कावासोती
पुर्वी नवलपरासीमा कोरना संक्रमणबाट थप १ जानको मृत्यु भएको छ । गैडाकोट न.पा.वडा नं.–११ बस्ने बर्ष ४३ का पुरुषको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
गत बैशाख २५ गते नयाँ मेडिकल कलेज, चितवन परीक्षण गराएका उनको २६ गते कोरना रिपोर्ट पोजेटिभ आएको थियो । गैडाकोट नगर अस्पताल भेडाबारीको आइसोलेसनमा राखिएको उपचार गराई रहेका उनी .२८ गते बिहान गम्भिर बिरामी भई उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर रिफर गरिएका थियो । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताले जानकारी दिएको छ ।