घरHeadlineपार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही हुन्छ : अध्यक्ष केसी

पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही हुन्छ : अध्यक्ष केसी

चित्रबहादुर केसी

बैशाख २८, पोखरा
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गण्डकीमा पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन् । पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई कारबाही हुने बताएका हुन् । अध्यक्ष केसीले पार्टीको ह्विप नमान्नेलाई प्रक्रिया अनुसार कारबाही हुने बताए ।

“पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,” उनले भने ।

राष्ट्रिय जनमोर्चा पार्टीबाट प्रदेश सासद बनेका थापाले नयाँ सरकार बनाउने पक्षमा विपक्षिदललाई साथ नदिने भएका हुन । थापाको साथ नपाएपछि विपक्षि दलहरुको नेतृत्वमा सरकार नवन्ने लगभय पक्का पक्कि भएको छ । सांसद थापाले नयाँ सरकार गठनमा पार्टीको निर्णय विपरीत विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए ।उनको निर्णयसँगै विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया