
कावासोती, बैशाख, २५
आपतको समयमा नेपालीहरु एक आर्कालाई सहयोग गर्न सक्दछन भन्ने उदाहरण देवचुलीका युवाहरुले सत्य सावित गरेका छन । देशमा आएका २०७२ सालको भुकम्पको समयमा समेत भुकम्प पिडितका लागी अन्य जिल्लाबाट सहयोग गरेका नेपालीहरु कोभिड १९ को प्रभावबाट अन्नपात नभएका हरुलाई खाद्यान्न समेत वितरण गरेन्न, दिउसोको टन्टालपुरे धाममा मुख्य सडकमा बसेर खाध्यान्न बोकेको यातयातको साधनलाई सेनेटाइजीङ्ग समेत गरे । पैदल हिडेका यात्रुहरुलाई बाटामा खाना बनाएर समेत खुवाए ।
तिनै युवाहरुले अहिले नवलपुरको देवचुली नगरपालिकामा अहिले गत वैशाख २० गते देवचुली नगरपालिकामा ६८ वर्षीय कोरोना संक्रमित खेम काफ्लेलाई अस्पताल लैजान एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा उनले ज्यान गयो । समयमा एम्बुलेन्स र अक्सिजन पाएको उनले ज्यान गुमाउन पर्दैन्थ्यो भन्दै नागरिक समाज युवाहरु नगरपालिकाको प्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी समेत गरे यो विषयले राष्ट्रिय रुपमा मात्र नभई अन्तराष्ट्रिय स्तरका संचार माध्यममा समेत स्थान पायो ।
अस्पताल लैजान एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजान परे सगै स्थानीय तहहरुलाई तत्काल अक्सिजन सहितको आईशोलेसन र एम्बुलेन्स व्यवस्थापन गर्न भने समय लागेन र सबै स्थानीय तहमा अक्सिजन सहितको आईसोलेसन तयार गरे ।
नवलपुर जिल्लामा पछिल्लो समय संक्रमितबाट मृत्यु हुनेको सख्या बढ्दै जान थालेपछि देवचुलीका युवाहरु यति बेला भने अक्सिजन बैंकको स्थापनामा जुटेका छ्न । एम्बुलेन्स नपाएर निधन भएका कोरोना संक्रमित खेम काफ्लेको नाममा स्मृति प्रतिष्ठान बनाएर युवाहरुले अक्सिजन बैङको स्थापना गरिसकेको देवचुलीका युवा वसन्त पोख्रेलले बताए ।हिजो (शनिबार) बाट सुरु गरिएको अभियानमा सनिबार एक्कै दिनमा ११ सिलिन्डर अक्सिजन जम्मा भएको पोख्रेलले बताए ।
जम्मा पारिएको अक्सिजन सिलिन्डरहरु यति बेला दलदले स्थित सशस्त्र प्रहरी बेस क्याम्पको सुरक्षामा राखिएको र छिट्टैनै नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिने माधव पौडेलले बताए ।