घरHeadlineबित्तीय संस्थाहरु अब पालैपालो खुल्ने

बित्तीय संस्थाहरु अब पालैपालो खुल्ने

बैशाख,२५
नवलपुर
कावासोती नगरपालिकाको विपत् ब्यवस्थापन समितिको बंैठक बसेको छ । कोभिड नियन्त्रण र रोकथाम र ब्यवस्थापनकै बिषयमा समितिका संयोजक एवं नगर उपप्रमुख प्रेमशंकर मर्दनियाको अधयक्षतामा बसेको बैठकले २ वटा निर्णय गरेको छ । उपप्रमुख मदनियाका अनुसार नगरभित्र रहेका एम्बुलेनसहरुको ब्यवस्थापन यसअघि नै गरिसकिएकोले अझ साधन स्रोत पर्याप्त गरायन ३ वटा अटोरिक्साको प्रवन्ध मिलाईएको छ । बिरामीलाई अस्पताल पुर्याउन घरमा कुनै साधन नभएर भौतारिने अवस्था अउन नदिन यस्तो निर्णय गरिएको हो । जुनसुकै बिरामीलाई बोक्नका लागि प्रयोगमा ल्याईएका अटो आवश्यक परेको खण्डमा सम्वन्धित वडाका वडाध्यक्ष वा विपत् ब्यवस्थापन समितिका सदस्य वा उपप्रमुख मर्दनिया स्वयंलाई सम्पर्क गर्न सकिने जनाईएको छ । ति अटोले बिरामीहरुसँग शुल्क नलिने गरि निर्णय भएको छ । यस्तै, नगरभित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुलाई अव बार अनुसारको तालिका बनाएर खोल्ने र बन्द गर्ने समय सहितको नियम लागु गरिने जनाईएको छ । यसरी बैंकहरु आफ्नो वार र पालोमा खोल्नुपर्ने र काउण्टर बन्द गरेपछि कर्मचारीहरुले पनि बन्द कोठाभित्र बस्न नपाउने निर्णय गरेको छ । यस्तै, घरदैलोमा पुगेर बचत संकलन गर्नेकार्य स्थगित गर्र्नुपर्ने निर्णय गरेको छ ।
यसैबीच, उपप्रमुख मर्दनियाले कावासोती नगरपालिकाले आजै अक्सिजन सहितको सिलिण्डरहरुको ब्यवस्थापन मिलाईएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया